Lite Nepal

मंगलबार, आषाढ २८, २०७९

काठमाडौं – ताप्लेजुङमा हालैको बाढी र पहिरोका कारण विस्थापितको पुनर्स्थापनाका लागि प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पहल थालेका छन्।

मंगलबार भट्टराई नेतृत्वको टोलीले राष्ट्रिय विपद् जोखिम न्युनीकरण व्यवस्थापन प्राधिकरणसँग निजी आवास पुनःनिर्माण गरिदिन अनुरोध गरेको छ। प्राधिकरणको मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ मा घरवारविहीन भएकालाई निजी आवास मर्मत वा प्रबलीकरण अनुदान दिने व्यवस्था छ।

जसअनुसार हिमाली जिल्लामा पाउने ५ लाख र मर्मत वा प्रबलीकरणबापत तत्काल पाउने ५० हजार रुपैयाँ तथा जमिन नहुनेका हकमा छुट्टै ३ लाख पाउने व्यवस्था छ। सोबापतको रकम तत्काल उपलबध गराउन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग साँसद भट्टराईले अनुरोध गरेका थिए।

जेठ र असारमा परेको अविरल वर्षाका जिल्लाको सिरिजंघा, सिदिङ्वा, मिक्वाखोला, आठराई त्रिवेणी र फक्ताङलुङ गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको कारण ठूलो मात्रामा धनजनको क्षति भएको थियो। दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो।

दुई सय बढी परिवार विस्थापित छन्। उनीहरू अझै पालमुनि बसिरहेको सिरिजंघा गाउँपालिका उपाध्यक्ष डा. चित्र मावोले बताए। प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले क्षतिको पूर्ण विवरण आएपछि तत्काल क्षतिपुर्ति र अनुदान प्रदान गर्ने बताए।

त्यस्तै ताप्लेजुङमा २०७२ सालमा खोक्लिङ, लिवाङ, थुकिमा, सान्थाक्रा, लिङ्तेप लगायत स्थानको पहिरो पीडितलाई क्षतिपूर्ति दिन पनि भट्टराईले प्राधिकरणसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं