Lite Nepal

मंगलबार, साउन ०३, २०७९

काठमाडौं – मुकुम्लुङ संयुक्त संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले यथास्थितिमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको छ ।

मंगलबार ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्ष समिति र किराँत याक्थुङ चुम्लुङले यस्तो चेतावनी दिएको हो । आन्दोलनरत संघसंस्थाको माग र विचारलाई वेवास्ता गर्दै पाथीभरा केबलकार कम्पनीको कार्यअवधि थप गरेर फुङलिङ नगरसरकारले आन्दोललाई मुडभेड र द्वन्द्वतर्फ लगेको उनीहरूको आरोप छ ।

आफ्ना माग र अडानमा कुनै परिवर्तन नभएको भन्दै किराँत याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्वोले भनिन्, ‘विगतमा हामीले राखेका मागको सम्बोधन नभइ केबलकार निर्माण गर्न दिनेछैनौं ।’

मागप्रति कुनै सुनुवाइ नगरी काम भए आफूहरू सशक्त प्रतिवादमा उत्रने उनीहरूको भनाई छ । असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो भने भोलिपल्ट असार ३० गते पाथीभरा माता केबलकार कम्पनीको म्याद थप गरिएको थियो ।

संघर्ष समितिले राखेका मुख्य माग यस्ता छन्
१, धार्मिक स्थल पाथीभरालाई मौलिक, ऐतिहासिक, पौराणिक दृष्टीले मुन्धुमी नाम मुकुम्लुङ राखिनुपर्ने ।

२, नेपाल सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेज गरी स्थानीय रैथाने आदिवासी अधिकारवालाहरूको सहमति, नेतृत्व र संलग्नतामा मुकुम्लुङ क्षेत्र विकास समिति गठन गनुपर्ने ।

३, सरकारले मुकुम्लुङ क्षेत्रमा कुनै पनि निर्माण कार्यका लागि कम्पनीसँग गरेको सम्झौता खारेज गनुपर्ने ।

४, रैथाने याक्थुङ लिम्बूहरुको सांस्कृतिक र मुन्धुमी आधारमा मुकुम्लुङको विकास, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्ने

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं