Lite Nepal

बुधबार, साउन ०४, २०७९

काठमाडौं – नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सन्चालन गर्न माग गरेको छ ।

देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न नपाएकोप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले पूर्ववत रुपमै स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्न माग गरेको हो ।

वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमा लाभग्राहीलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र स्वास्थ्य बिमाको सेवा प्रदान गर्ने व्यवस्था मिलाउने र त्यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गर्ने उल्लेख गरेको छ ।

साथै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत् सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ भन्ने व्यवस्था पनि गरिएपछि बिभिन्न अस्पतालले सूचना निकालेर स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिएको घोषणा गरेका छन् ।

नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै सरकारको यो नीतिले एकातिर बिमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरु प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छिने षडयन्त्र गरेको आरोप लगाएका छन् ।

उनले सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारु गर्न सरकारसँग माग गरेका छन् । साथै बजेट वक्तव्यमार्फत् आएको नीति फिर्ता लिन ध्यानाकर्षण पनि गराएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा