Lite Nepal

शनिबार, भाद्र ०४, २०७९

ताप्लेजुङ – प्रतिनिधि र प्रदेसभा निर्वाचनका लागि नेकपा (एस) ताप्लेजुङले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

पार्टीको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष छिरिङ लामाले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरिएकामा मुकुन्द भट्टराई (मिक्वाखोला गाउँपालिका), कल्पना तुम्बाहाम्फे (मेरिङदेन गाउँपालिका) र हर्क यक्सो (आठराई त्रिबेणी गाउँपालिका) छन् ।

समानुपातिकतर्फ भने त्रिलोचन गुरागार्इँ (फुङलिङ नगररपालिका) र अम्बिका राजभण्डारी (फुङलिङ नगरपालिका) साथै डम्बरबहादुर तुम्बाहाम्फे (मेरिङदेन गाउँपालिका) लाई सिफारिस गर्ने निर्णय भएको लामाको भनाई छ ।

यस्तै प्रदेशसभा १ (क) को प्रत्यक्षतर्फ शम्भु गौतम (फुङलिङ नगरपालिका), सुनिता मादेन (फुङलिङ नगरपालिका) र डालकुमार गुरुङ(फुङलिङ नगरपालिका) लाई सिफारिस गर्ने निर्णय भएको छ ।

प्रदेशसभा १(ख) को प्रत्यक्षतर्फ खेमबहादुर वनेम (मैवाखोला गाउँपालिका), मञ्जु पौडेल भट्टराई (आठराई त्रिबेणी गाउँपालिका) र ठाकुरसिंह नाल्वो (मेरिङदेन गाउँपालिका) को नाम सिफारिस गर्ने निर्णय भएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ फुङलिङ नगरपालिकाका नीताकुमारी सिवा र अमर लोहार तथा आरसी पोमू (आठराइ त्रिबेणी गाउँपालिका) र देवीमाया नेपाली (मेरिङदेन गाउँपालिका) को नाम सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा