Lite Nepal

शुक्रबार, भाद्र २४, २०७९

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति निर्धारण गरेको छ।

आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम बिहीबार सार्वजनिक गरेको हो। जसमा २३ गते नै उम्मेदवारको सूची प्रकाशन गर्ने उल्लेख छ। स्वीकृत कार्यक्रमअनुसार उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते तोकिएको छ।

असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ। असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने तय भएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी तोकिएको छ। यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुने विज्ञप्तिमा जनाइएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था निर्वाचन कानुनमा रहेको जनाइएको छ। समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची असोज २ र ३ गर्ने गरी यसअघि नै कार्यक्रम तय भएको थियो। प्रत्यक्षतर्फ उम्मेदवार भएको व्यक्तिको नाम समानुपातिकतर्फको बन्दसूचीमा समावेश गर्न नपाइने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १४ (२) मा व्यवस्था गरिएको छ।

दफा १४ कै उपदफा (१) मा लेखिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एकपटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दिन सक्नेछ। त्यसरी कुनै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवार भएमा निजको सबै निर्वाचन क्षेत्रको उम्मेदवारी आयोगले बदर गर्नेछ।’ यस्तै दफा ४ मा कुनै व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भए दुवैतर्फको उम्मेदवार बदर गरिने व्यवस्था छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं