Lite Nepal

शुक्रबार, भाद्र २४, २०७९

ताप्लेजुङ । ताप्लेजुङमा मतदाता नामावली अद्यावधिकको क्रममा एक हजार पाँच सय जनाको नाम हटाइएको छ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार मृत्यु भएका र दोहोरो नाम भएकाहरूको नामावली हटाइएको हो ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार कुल एक हजार ४९९ जना मतदाताको नामावली हटाइएको छ । उक्त सङ्ख्यामध्ये मृत्यु भएका ९२० जना, दोहोरो नाम भएका ५७४ र दाबी विरोध गरिएका पाँच जनाको नाम हटाइएको खनालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले सफ्टवेयरमार्फत अन्तिम नामावलीको गृहकार्य गरिरहेकाले जिल्लाको कुल मतदाता सङ्ख्यामा केही तलमाथि हुनसक्ने पनि उहाँले बताउनुभयो । यता नामावली अद्यावधिक पछि जिल्लाको कुल मतदाता सङ्ख्या ८९ हजार ६८० भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाताको यही सङ्ख्याले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाको कुल मतदाता सङ्ख्या ९० हजार ६४० थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा