Lite Nepal

आइतबार, आश्विन ०२, २०७९

ताप्लेजुङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो ।

स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप गर्न फुङलिङ नगरपालिका–९ स्थित शिव आधारभूत विद्यालय र मिक्वाखोलाको पापुङस्थित सिम्बुक प्रावि मतदानस्थल थप गर्न सिफारिस गरेको थियो ।

सोहीअनुसार मतदानस्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान केन्द्र भने एक सय २३ वटा कायम रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा