Lite Nepal

सोमबार, चैत्र २७, २०७९

काठमाडौं – कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख भएको सम्पत्ति विवरणका आधारमा हामीले ताप्लेजुङबाट निर्वाचित भएर मन्त्रि बनेका दुई जनाको विवरण यहाँ उल्लेख गरेका छौं ।

ताप्लेजुङबाट निर्वाचित भएका तिलकुमार मेन्याङ्बो र निर्माला लिम्बु प्रदेशका मन्त्री छन् । मेन्याङ्बो खानेपानी, सिँचाइ तथा उर्जामन्त्री हुन् भने लिम्बु स्वास्थ्यमन्त्री हुन् ।

खानेपानी, सिँचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूले बुझाएको सम्पत्ति विवरणमा ताप्लेजुङको पाथीभरा याङ्वरक २ मा पैतृक सम्पत्ति, फुङलिङ ४ मा ५ रोपनी ३ आना श्रीमतीको नाममा रहेको र इटहरी ६ मा १६ धुर जग्गा रहेको उल्लेख छ ।

उक्त जग्गा तलबबाट खरिद गरेको उल्लेख गरिएको छ । यस्तै ७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले सम्पत्ति विवरणमा विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।

यस्तै ताप्लेजुङबाटै निर्वाचित भएर स्वास्थ्यमन्त्री बनेकी निर्मला लिम्बूले पनि सम्पत्ति विवरण बुझाएकी छिन् । उनले ताप्लेजुङ फुङलिङ ६ र ललितपुरको सानो हात्तीवन जग्गामा घर रहेको उल्लेख गरेकी छिन् । यद्यपि घर र जग्गाको विवरण खुलाइएको छैन ।

यस्तै झापामा पनि जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । सुन चाँदी भने अलैँची व्यवसाय र उद्योग मार्फत भएको आम्दानीले खरिद गरेको उनले जनाएकी छिन् । आफ्नो नाममा एउटा स्कुटर रहेको पनि उनले देखाएकी छिन् ।

आफ्नो युमा कपडा उद्योग पनि रहेको उनको विवरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा