Lite Nepal

बुधबार, चैत्र २९, २०७९

काठमाडौं – प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।

पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ ।

ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ ।

रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।

आयोगले मंगलबार छानबिन प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं