Lite Nepal

सोमबार, बैशाख ०४, २०८०

विराटनगर – कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को अन्तिम संस्कार अनिश्चित बनेको छ । गत चैत ५ गते पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको चैत १० गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको २४ दिनयता उनको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै छ । पार्टीले निर्णय नगरेका कारण उनको अन्तिम संस्कार अनिश्चित बनेको हो ।

पहिचान पक्षधरको आन्दोलनमा घाइते भएका लिम्बूलाई सरकारले शहीद घोषणा गरेर परिवारलाई दश लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । तर मुख्य माग प्रदेशको नाम संशोधनमा सरकार मौन बसेपछि पहिचान पक्षधरले उनको अन्तिम संस्कार रोकेका हुन् ।

पदमको अन्तिम संस्कारका लागि परिवारले पार्टीको निर्णय कुरिरहेको छ । दाजुको अन्तिम संस्कारका बारेमा पार्टीले नै निर्णय गर्ने बहिनी पवित्राले बताइन् । ‘दाजु पार्टीमा लागेर पहिचानको आन्दोलनमा बित्नुभयो, उहाँको सबै निर्णय पार्टीले नै गर्छ’, पवित्राले भनिन्,’ हामीलाई धेरै जानकारी छैन, पार्टीका नेताले खबर गर्छौ’ भन्नुभएको छ ।’ शहीद घोषणा भएको पत्र मृतकको परिवार र पार्टी कार्यालयमा पुगेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरीका अध्यक्ष अमर इजामका अनुसार पार्टीको केन्द्रीय कमिटीको बैठक पछि अन्त्येष्टी गर्ने तयारी छ । केन्द्रीय कमिटी बैठक बस्ने तयारी भइरहेको उनले बताए । बेलबारी नगरपालिका-२ लालभित्ती घर भएका लाजेहाङ धरानमा बस्दै आएका थिए ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाम्फेले पहिचानको आन्दोलनमा मृत्यु भएका पदम लिम्बूको अन्तिम संस्कारका बारेमा परिस्थिति हेरेर निर्णय गर्ने बताइन् । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग सम्बोधन र राज्यले शहीद घोषणाको प्रक्रिया पूरा गरेपछि अन्तिम संस्कार गर्ने तयारी रहेको उनको भनाइ छ ।

‘हाम्रो मुख्य माग पहिचानका आधारमा नामाङ्कन हो, यसका लागि अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएका छौ’, उनले भनिन्,’अन्त्येष्टीका लागि पहिचान पक्षधरको बैठक बसेर निर्णय गर्छौं।’ पहिचान पक्षधरको आवाज

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा