Lite Nepal

शुक्रबार, आषाढ ०१, २०८०

ताप्लेजुङ – मनसुन भित्रिएको केही दिनमै ताप्लेजुङमा बाढीले ठूलो क्षति पुर्‍याएको छ। बुधबार बेलुकीदेखिको अविरल वर्षासँगै आएको बाढीले सिरिजंघा गाउँपालिकाको खेवाङ र सिदिङ्वा गाउँपालिकाको सुरुम्खिम जोड्ने बाँकेटारमा रहेको तावाखोला मोटोरेबल पुल बगाएको सिरिजंघा गाउँपालिकाका सुचना प्रविधि अधिकृत मनोज उप्रेतीले जानकारी दिए।

‘अहिले पनि वर्षा भइरहेको छ। पूलको खेवाङतर्फको भाग बगाइसक्यो। नदिमा पानीको सतह अत्याधिक बढेको छ’, सूचना प्रविधि अधिकृत उप्रेतीले भने, ‘सिरिजंघा गाउँपालिकाको पेदाङ लगायतका अन्य स्थानमा पनि सडक अवरुद्ध भएको छ।’ सो पुल गत महिना मात्रै उद्घाटन गरिएको थियो।

सोही गाउँपालिकाको वडा नं ८ याम्फुदिनमा पनि तुम्याखोला जलविद्युत आयोजनाको पावर हाउसमा रहेको उपकरण बगाएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी राजन लिम्बूले जानकारी दिए। स्थानीय नविन राईको भर्खरै निर्माण गरिएको कटेज, टीकाराम गुरुङको कुखुरा फर्म बगाएको बताइएको छ। यस्तै काबेली हाईड्रो पावरको क्रसरसमेत बगाएको छ।
गाउँपालिकाले बाढीको जोखिम बढेकोले बस्ती पूरै खाली गर्न अनुरोध गरेको छ। वर्षा जारी रहेकाले काबेली खोला नजिकैको थुङ्गिम बस्ती जोखिममा परेको स्थानीय शिक्षक ज्ञानु राईले बताईन्। ‘अहिले नदिले कटान गरिरहेको छ। बस्तीका मानिसहरु सामान सार्न थालेका छौँ’, राईले भनिन्।

nullसाथै वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङवा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बिहीबार बन्द गरिएको थियो। बालबालिका विद्यालयसम्म आउने बाटो भत्किएपछि विद्यालयले प्रशासनले सूचना निकालेर विद्यालय बन्द गरेको हो। विद्यार्थीहरू आउने बाटोमा रहेको खोला तर्न सक्ने अवस्था नभएपछि सूचना निकालेर विद्यालय बन्द गरेको प्रधानाध्यापक यज्ञमणि पौडेल बताए।

गाउँपालिका अध्यक्ष मानबहादुर राई सडक अवरुद्ध र खोला बढेपछि झापाको विर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने यात्रुवाहक जिप रोकिएको बताउँछन्। अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँबाट निकाल्ने उपाय नभएको उनले बताए। सिदिङवा र सिरिजंगामा गत वर्षको बाढी पहिरोले मानवीय तथा भौतिक क्षति गराएको थियो। अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं