Lite Nepal

आइतबार, आषाढ ०३, २०८०

संखुवासभा — संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन-९ का सन्तोष राईको मृत्यु भएको छ ।

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन् । डीएसपी वीरेन्द्र गोदारका अनुसार सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । आइतबार बिहान सुपर होवा हाइड्रोपावरका २ जना प्रहरीको सम्पर्कमा आएका छन् ।

चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं