Lite Nepal

बिहिबार, माघ २५, २०८०

काठमाडौं – नेपाल राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै योगदान गर्ने पहिलो ठूलो देश भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको वरियता अनुसार विश्व शान्तिका लागि सुडान, लेबनान र कंगो लगायत द्वन्द्वग्रस्त १२ देशमा खटिँदै आएको नेपाली सेना तथा प्रहरी विश्वमा पहिलो देश भएको हो । सन् १९५८ देखि शान्ति मिसनमा नेपाली सेना खटिँदै आएको छ ।

अहिले पनि नेपाली सुरक्षा निकायका ६ हजार २ सय ४७ जना शान्ति मिसनमा तैनाथ छन् । जसमा नेपाली सेनाका ५ हजार ८ सय ८५ , सशस्त्र प्रहरी बलका २ सय २ र नेपाल प्रहरी बाट ४४ जना शान्ति मिसनमा छन् । यसअघि नेपाल शान्ति मिसनमा योगदान गर्ने दोस्रो ठुलो मुलुक थियो ।

यस वर्ष पहिलो देशमा पुग्नुले नेपाल शान्तिका लागि योगदान गर्न तयार रहेको सन्देश गएको सैनिक मुख्यालयले जनाएको छ । अहिलेसम्म शान्ति मिसनमा खटिएका ७३ जना नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । यसअघि पहिलो नम्बरमा रहेको बंगलादेश दोस्रो स्थामा झरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं