Lite Nepal

बुधबार, फाल्गुण २३, २०८०

धादिङ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

उद्धारमा खटिएका प्रहरीले जनाएअनुसार मृत्यु हुनेमा ६ पुरुष र १ जना महिला छन् । यस्तै उक्त दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी छ । प्रहरीका अनुसार ३५ जनाको उद्धार भइसकेको छ ।

त्रिशूलीमा खसेको लु १ ख २१२१ नम्बरको उक्त बस यसअघि कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बताइएको थियो । तर, चलानी हेर्दा बस कपिलवस्तुबाट आएको नभई भैरहवाबाट आएको पाइएको छ ।

बस धादिङको गजुरीस्थित घाटबेशीबाट त्रिशूली नदीमा खसेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा