Lite Nepal

बुधबार, फाल्गुण २३, २०८०

धादिङ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

उद्धारमा खटिएका प्रहरीले जनाएअनुसार मृत्यु हुनेमा ६ पुरुष र १ जना महिला छन् । यस्तै उक्त दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी छ । प्रहरीका अनुसार ३५ जनाको उद्धार भइसकेको छ ।

त्रिशूलीमा खसेको लु १ ख २१२१ नम्बरको उक्त बस यसअघि कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बताइएको थियो । तर, चलानी हेर्दा बस कपिलवस्तुबाट आएको नभई भैरहवाबाट आएको पाइएको छ ।

बस धादिङको गजुरीस्थित घाटबेशीबाट त्रिशूली नदीमा खसेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं