Lite Nepal

बुधबार, फाल्गुण २३, २०८०

उदयपुर । रुसी सेनाबाट भागेर स्वदेश फर्किएका उदयपुरको त्रियुगा नगरपालिका ११ का ४२ वर्षीय राजेन्द्र दाहाल घर पुगेका छन् ।

आफूसँगै रुस गएका पाँच जना नेपालीमध्ये तीन जना युद्धमा मारिएपछि भागेर नेपाल फर्किएको उनले बताएका छन् । भाग्न खोज्नेलाई रुसी सैन्य अधिकारीले पासपोर्ट, मोबाइल जफत गरेर जेलमा लाने र पुनः युद्धमै पठाउने गरेको उनको भनाइ छ ।

दलालमार्फत उनी गत कार्तिक १ गते रुस पुगेर सेनामा भर्ती भएका थिए । छोटो तालिम पछि युक्रेनविरुद्धको युद्धमा होमिनु परेको उनले बताए । पाँचौपटकको प्रयासमा भाग्न सफल भएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा