Lite Nepal

बुधबार, फाल्गुण २३, २०८०

उदयपुर । रुसी सेनाबाट भागेर स्वदेश फर्किएका उदयपुरको त्रियुगा नगरपालिका ११ का ४२ वर्षीय राजेन्द्र दाहाल घर पुगेका छन् ।

आफूसँगै रुस गएका पाँच जना नेपालीमध्ये तीन जना युद्धमा मारिएपछि भागेर नेपाल फर्किएको उनले बताएका छन् । भाग्न खोज्नेलाई रुसी सैन्य अधिकारीले पासपोर्ट, मोबाइल जफत गरेर जेलमा लाने र पुनः युद्धमै पठाउने गरेको उनको भनाइ छ ।

दलालमार्फत उनी गत कार्तिक १ गते रुस पुगेर सेनामा भर्ती भएका थिए । छोटो तालिम पछि युक्रेनविरुद्धको युद्धमा होमिनु परेको उनले बताए । पाँचौपटकको प्रयासमा भाग्न सफल भएको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं