Lite Nepal

शनिबार, फाल्गुण २६, २०८०

काठमाडौं – भनाई नै छ, ‘उम्लियो भने पोखिन्छ ।’ त्यसै भन्न मिल्छ गायिका एलिना चौहानको पछिल्लो घटनालाई । एउटा गायक÷गायीकालाई चर्चित बनाउन हरेकको भूमिका हुन्छ । अझै स्टेज कार्यक्रममा त साउण्ड सीस्टमको भूमिका ५० प्रतिशत भन्दा बढी नै हुन्छ कार्यक्रमलाई सानदार बनाउन र स्टेज चढेर बोल्ने र गीत गाउनेका लागि । जहाँ प्राविधिकहरूले महत्त्वपूर्ण भूमिका खेलका हुन्छन् ।

तर, गत फागुन २० गते पर्वतको कुश्मामा आयोजित मगर महोत्सवमा गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच विवाद भयो । गायीका चौहानले स्टेजमा उभिएरै टेक्निसियनलाई गाली गरिन् । टेक्निसियनले पनि प्रतिउत्तर दिएको उक्त भिडियोमा देख्न सकिन्छ । उनले ‘साउण्ड राम्रो भएन आएर सुन’ भन्ने आसयले बोलिन । टेक्निसियनले ‘आफ्नो भोइस सुधारेर आउनु’ भन्ने खालको जवाफ फर्काए ।

पछिल्लो समय स्टेज कार्यक्रम र महोत्सवमा एलिनाको माग बढी छ । उनको फरक आवाजले उनको स्वर मनपराउने धेरै भएर उनी ह्वातै चर्चामा आएकी हुन् । तर, उनलाई यो चर्चाको शिखरमा अडिन अहिले धरमर धरमर नै जस्तो देखिन्छ । बारम्बार बिबादमा आइरहन्छिन् । उनको सहनसिलता अलि कमजोर नै छ भन्दा फरक नपर्ला । यहाँ उनले सुधारिन आवश्यक छ आगामी दिनका लागि पनि ।

‘नरम बोलेर कडा गीत गाउँदा’ त हुन्छ होला नि हैन र एलिना जी ? बाँकी भविश्यका लागि पनि यसै क्षेत्रमा अडिने भए यो सुधार्न आवश्यक छ । किनकी ठाउँ छिच्छे प्राविधिक फरक हुन्छन्, साउण्ड सिस्टम फरक हुन्छ । सबै ठाउँ मुटु थर्कने आवाज आउने उपकरण नपुग्न सक्छ । कलाकार भएपछि ठाउँ अनुसार आफूलाई ढाल्न जान्नुपर्छ ।

आखिर माग्नु पर्यो माफी
सोही घटना पछि विवाद बढ्दै गएर बहिस्कारसम्मको अवस्थामा पुगेपछि गायिका चौहानले माफी मागेकी छिन् । शनिबार साउण्ड सिस्टम व्यवसायीले एलिनाले माफी नमागेसम्म उनी सहभागी हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम बहिष्कार गर्ने घोषणा गरेका थिए । सो घोषणा लगत्तै एलिनाले फेसबुकमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै आफूले आत्मालोचना गर्ने बताएकी छन् ।

टेक्निसियन पनि जिम्मेवार बन्नुपर्छ
एलिनाले आफूबाट भएको कमजोरीको जिम्मेवारी लिँदै क्षमायाचना गर्दा साउण्ड टेक्निसियनले चाहिँ आफ्नो कमजोरी स्वीकार नगर्ने ? प्रश्न त्यता पनि छ । किनकी साउण्ड सिस्टम कस्तो छ ? कस्तो चाहिन्छ ? र गायक अनुसार वा आवाज अनुसार कस्तो बेस दिने टेक्निसियनले पनि ख्याल गर्नुपर्छ ।

आयोजकको आग्रहमा निम्त्याएकी गायिकालाई ठाडो सवालजवाफमा उत्रनु एलिना जत्तिकै साउण्ड टेक्निसियनको पनि कमजोरी देखिन्छ । उतिखेरै सहभागी दर्शक पनि साउण्ड टेक्निसियनसँग खनिएका थिए । सुरक्षाकर्मी तत्काल पुगेकाले नराम्रो घटना हुन पाएन ।

सार्वजनिक भिडियो र समाचार मुनि आएका कमेन्टमा गायिकाले आफ्नो वेट मेन्टेन गर्नुपर्ने, त्यसरी माइकबाटै विवादमा उत्रन नहुने, साउण्ड प्राविधिकले पनि ख्यातिप्राप्त गायिकामाथि पहिले स्वर मिलाएर आउनू, हामी झन् बढी कार्यक्रम गरिसकेका छौं जस्ता शब्द प्रहार गरी अपमान गर्न हुने थिएन भन्ने प्रतिक्रिया देखिन्छ । त्यसैले यस्ता घटनाबाट आगामि दिनमा आयोजकसहित कलाकार र प्राविधिकले पनि ध्यान दिन आवश्यक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा