Lite Nepal

बिहिबार, चैत्र २२, २०८०

काठमाडौं – वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ। यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो। गत फागुन महिनामा मात्रै ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

विभागका अनुसार साउनदेखि फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २ लाख ८६ हजार ९३२ रहेको छ । यसमध्ये पुनः श्रम स्वीकृति लिएर जानेको संख्या भने १ लाख ८४ हजार २८८ जना रहेको छ ।

फागुन महिनामा वैदेशिक रोजगारीका लागि यूएई जाने श्रमिकको संख्या १८ हजार ७०७ जना, साउदी जाने श्रमिकको संख्या १३ हजार २६७ जना, कतार जाने श्रमिकको संख्या ११ हजार ३९० जना, मलेसियाजाने श्रमिकको संख्या ८ हजार ७१४ जना रहेका छन् भने कुवेत जाने श्रमिकको संख्या ३ हजार २०६ जना, रोमानिया जाने श्रमिकको संख्या १ हजार ७८४ जना र जापान जाने श्रमिकको संख्या १ हजार ३६० जना रहेको छन् ।

यस्तै बहराइनमा ९२८, क्रोयसियामा ९१५, मोरिससमा ८५९, दक्षिण कोरियामा ७७०, साइप्रसमा ५७७ र अमोनमा ५३३ जना नेपाली श्रमिक वैदैशिक रोजगारीका लागि बाहिरिएका छन् । यसमध्ये पुरुष श्रमिक ३५ हजार ६६ जना र महिला श्रमिक ४ हजार ८४५ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा