Lite Nepal

मंगलबार, चैत्र २७, २०८०

काठमाडौं । अस्थिर आप्रवासन रोक्न भन्दै न्युजिल्याण्डले कामदार भिसामा कडाइ गरेको छ । न्युजिल्याण्ड प्रवेश गर्ने आप्रवासीको सङ्ख्या अप्रत्यासित रूपमा बढ्न थालेपछि आप्रवासन नीतिमा कडाइ गरेको न्युजिल्याण्डका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

कम दक्ष आवेदकहरूका लागि अब अंग्रेजी भाषा परीक्षाको मापदण्ड परिवर्तन गर्न लागिएको छ भने उनीहरूलाई पाँच वर्षको सट्टा तीन वर्षको प्रवेशाज्ञा दिने भएको छ। यसअघि न्युजिल्याण्डले पाँच वर्षको प्रवेशाज्ञा जारी गर्दै आएको थियो । ‘सरकारी अर्थतन्त्र सबलीकरणका लागि व्यवस्थित आप्रवासन जरुरी छ,’ न्युजिल्याण्डका आप्रवासन मन्त्री इरिका स्ट्यानफोर्डले भनेकी छन्, ‘मुलुकको आवश्यकता अनुसार आप्रवासन नीति बनाउन अत्यावश्यक छ ।’

गत वर्षमात्रै न्युजिल्याण्डमा १ लाख ७३ हजार आप्रवासी कामदार भित्रिएका थिए । अहिले आप्रवासी कामदारका लागि नीति परिवर्तन गर्दै उनीहरूको कार्यअनुभव तथा दक्षता परीक्षणमा कडाइ गरिएको छ । अबदेखि रोजगारदाताहरूले कामदारलाई काम प्रस्ताव गर्नुअघि मापदण्डमा तोकिए बमोजिम सबे जाँचबुझ गर्नुपर्नेछ ।

यसअघि वेल्डिङ, सिलाई लगायतका ११ वटा कामका कामदार भित्र्याउने र उनीहरूलाई स्थायी बसोबास अनुमति दिने तयारी न्युजिल्याण्ड सरकारको थियो । आप्रवासी कामदाहरूमाथि शोषण नहोस् भन्नका लागि आप्रवासन नीतिमा परिमार्जन गरिएको मन्त्री स्ट्यानफोर्डको भनाइ छ ।

‘व्यवस्थित आप्रवासनको सुरुवात गरेर निकट भविष्यमा वृहत कार्यक्रमार्फत आप्रवासीहरूको हित सुनिश्चित गर्ने गरी सरकार अघि बढ्नेछ,’ उनले भनेकी छन् । ५.३ मिलियन जनसङ्ख्या रहेको न्युजिल्याण्डमा सन् २०२२ देखि उल्लेख्य सङ्ख्यामा आप्रवासी बढिरहेका छन् ।

अब सरकारले मुलुकमा अभाव रहेका कामदारको सूचीकरण गरी उनीहरूलाई मात्रै प्राथमिकता दिने भएको छ । यस्तै रोजगारमा पहिलो प्राथामिकता नागरिकलाई दिएर पदपूर्ति गर्ने र त्यसपछि आवश्यक परेका ठाउँमा आप्रवासी कामदारलाई अवसर दिने सरकारी नीति छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिष्टोफर लक्सनले गत वर्ष आप्रवासन दर दिगो प्रकृतिको नरहेको बताएका छन् । ‘कोभिडको समयमा न्युजिल्याण्डको आप्रवासन प्रणाली बन्द थियो । कामदारको रिक्तता पूर्तिका लागि कोभिडपछि खुला गर्दा आप्रवासीहरूको सङ्ख्या ह्वात्तै बढ्यो तर अर्थतन्त्र भने धिमा नै रह्यो,’ उनले भनेका भन् ।

अझै पनि आप्रवासन व्यवस्थित नगर्ने हो भने घरजग्गा तथा बसोबासको मूल्य ह्वात्तै बढ्ने नीति निर्माताहरूले चेतनावी दिंदै आएका छन् । यद्यपि रोजगारदाताहरूले भने आप्रवासी कामदार कटौती गर्ने हो भने उत्पादनमा समस्या आउनसक्ने बताएका छन् ।

‘हामी सही र दक्ष कामदार ल्याउनेतर्फ नै केन्द्रित छौं । उनीहरू शोषणमा नपरून् भन्नेमा हामी सचेत छौं’ रोजगारदता एलन डोनल्डले भनेका छन्, ‘कामदारलाई न्युजिल्याण्ड आउन निरुत्साहित गर्ने हो भने उनीहरू अन्यत्र जाने छन् र यसले मुलुकको अर्थतन्त्रलाई थप प्रभावित गर्नेछ ।’ अर्कोतर्फ न्युजिल्याण्डकै नागरिकहरू अन्यत्र गइरहेका छन् । गत वर्षमात्रै न्युजिल्याण्डका ४७ हजार नागरिक अन्य मुलुकमा बसाइँ सरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा