Lite Nepal

बिहिबार, चैत्र २९, २०८०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख निर्देशन, २०८० जारी गरेको छ। बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकारी प्रयोग गरी प्राधिकरणले यो बीमालेख निर्देशन जारी गरेको हो। यो निर्देशन तुरुन्त प्रारम्भ हुनेछ।

यो बीमालेख जारी गरिएको मिति र समयबाटै जोखिम प्रारम्भ भएको मानिने निर्देशनमा व्यवस्था गरिएको छ। बीमालेखको विषय, अन्तर्वस्तु, शब्दावली तथा तत्सम्बन्धी कुरा प्राधिकरणले निर्धारण गरेबमोजिम हुनेछ। बीमा प्रस्ताव फाराम बीमालेख तथा बीमालेखसँग संलग्न पुष्टयाइँ वा पूरक करारलाई समग्र बीमा करारका रुपमा लिनुपर्नेछ।

नेपाल सरकारले वैदेशिक रोजगारीका लागि निषेध गरेका मुलुकमा जाने व्यक्तिका लागि यो बीमालेख जारी गर्न नपाइने व्यवस्था निर्देशनमा गरिएको छ। बीमकले वैदेशिक रोजगारीका लागि विदेशमा रही श्रम स्वीकृति मान्य रहेको बीमितबाट आवश्यक कागजात तथा बीमाशुल्क प्राप्त गरी वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख जारी गर्न सक्नेछ। यसरी बीमालेख जारी गर्दा अनुसूची–४ बमोजिम घात रोगहरुको पूरक करार अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसैगरी बीमकले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको बीमालेख जारी गर्दा प्रचलित कानुनको अधीनमा रही मुद्रित वा डिजिटल वा इलेक्ट्रोनिक प्रतिसमेत आवश्यकताअनुसार जारी गर्न सक्ने व्यवस्था निर्देशनमा गरिएको छ।

बीमालेखको अवधि
वैदेशिक रोजगारमा श्रमिक जाँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौताभन्दा ६ महिना बढी अवधिका लागि यो बीमालेख जारी गर्नुपर्नेछ। बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति उल्लेख गर्नुपर्नेछ।

बीमालेख जारी हुने मिति र जोखिम प्रारम्भ हुने मिति फरक पारी बीमालेख जारी गर्न पाइने छैन। तर, बीमालेख नवीकरणको हकमा जोखिम प्रारम्भ मितिभन्दा अघि नै बीमालेख जारी गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं