काठमाडाैं – रूसी सेनामा कार्यरत नेपालीका आफन्तले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् ।
रूसी सेनामा कार्यरत नेपालीको जीवन रक्षा र मृतकको शव नेपाल ल्याउन माग गर्दै बिहीबार बिहान आफन्तले सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा गर्ने क्रममा प्रहरीले धरपकडसमेत गरेको थियो । प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
रूसी सेनामा गएर सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्धारको माग उनीहरूले राखेका छन् ।