Lite Nepal

बिहिबार, जेठ ३१, २०८१

ताप्लेजुङ – मनसुन सुरु भएसँगै कोशी प्रदेशका पूर्वी पहाडी जिल्ला संखुवासभा र ताप्लेजुङ प्रभावित भएका छन् । सरकारी अधिकारीहरूले दिएका जानकारी अनुसार ती जिल्लाहरू वर्षाका कारण आएको बाढी, पहिरोका कारण डेढ सय बढी परिवार विस्थापित भएका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा बाढी र पहिरोले ३ घर बगाएको छ भने करिब १२५ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । खाँदबारी ११ आङ्ला पहिरोले तीन घर बगाएको छ । यस्तै बुधबार रातिको वर्षाका कारण गएको पहिरोले मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको हो ।

यसैगरी खाँदबारी ५ र ६ नम्बर वडामा आएको बाढीले कम्तीमा ११० परिवार विस्थापित भएका छन् । खेतबारीमा ठूल्ठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन् । डुङ्डुगे आकाशे सिँचाइ र हिंगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् ।

धुपू बाह्रबीसे जोड्ने माल्टाखोला माथिको पक्की पुल पनि जोखिममा परेको छ । यस्तै खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित भएका छन् । पहिरोबाट विस्थापित बनेकाहरू छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । त्यस्तै, संखुवासभाको चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्गअन्तर्गत मुढे–नुम र ठुलोढुंगा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको छ ।

यस्तै ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएको पालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार बिहानै साढे ६ बजेको समयमा आएको बाढीले पुल बगाएको हो । बाढीले पुल बगाएपछि त्यसको मारमा विद्यार्थी परेका छन् । अर्को ठाउँबाट खोला तर्न आधा घण्टा माथि झोलुङ्गे पुलमा पुग्नुपर्ने भएको छ ।

यस्तै सिसावा खोलामा आएको लेदोसहितको बाढीले तमोर नदी पनि थुनिएको छ । तमोर थुनिएपछि त्रास बढेको उनले बताए । नदी थुनिएपछि ड्याम बनेको छ । यद्यपि थुनिएको तमोर बिस्तारै खुल्दै गएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा