Lite Nepal

सोमबार, आषाढ ०३, २०८१

इलाम- एउटा कुकुरको छाउरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको अभियोगमा प्रहरीले इलामका तीनजना युवकलाई पक्राउ गरेको छ ।

देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षी दीक्षान्त मोरोहाङ लिम्बू, १७ वर्षीय संगम लिम्बू र १७ वर्षी अशोक लिम्बूलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो।

कुकुरको छाउराको ज्यान लिएपछि विरोध हुँदा उनीहरू तीनैजना भागेका थिए । उनीहरूलाई भागेको अवस्थामा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो ।

उनीहरूले कुकुरको खैरो रंगको एउटा छाउरोलाई लाठीले पटक पटक हानेर क्रूरतापूर्वक ज्यान लिएर खाडलमा पुरेका थिए। त्यसपछि उनीहरूले उक्त भिडियो सामाजिक सञ्जालमा हालेपछि चर्को विरोध भएको थियो ।

यी ती युवाले गत जेठ ३२ गते कुकुरको छाउरो मारेर खाडलमा पुरेको भिडियो फेसबुकमा पोस्ट गरेका थिए ।

उक्त भिडियो उनीहरूले ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट फेसबुक पेजमा हालेपछि भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा चिन्ताजनक भिडियो सार्वजनिक भएपछि घटनाको छानबिन अघि बढाउन इलाम प्रहरीलाई दबाब परेको थियो ।

यसबारेमा पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरीसमेत दिएको थियो ।

पक्राउ परेका तीनै युवाविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत परेको जाहेरीअनुसार अनुसन्धान अघि बढाइएको इलाम प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा