Lite Nepal

बिहिबार, आषाढ ०६, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखले लामो समयदेखि दुरुपयोग गर्दै आएको गाडी बरामद गरेको छ ।

महानगरपालिकाले ईयूले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजुकी कार कार्यालय समयमा बालाजुस्थित निवासबाट बरामद गरेको हो ।

उक्त गाडी लामो समयदेखि महानगरका एक १० औँ तहका विभागीय प्रमुखको जिम्मा थियो । ती विभागीय प्रमुख महानगरबाट फोटोन कम्पनीको अर्को गाडी चढ्दै आएका थिए भने मारुती सुजुकीमा सरकारी नम्बर प्लेट नराखेरै आफ्नी श्रीमतीलाई दिएका थिए ।

महानगरपालिकामा परेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उक्त गाडी बालाजुमा १० तहका एक विभागीय प्रमुखकी श्रीमतीबाट बरामद गरिएको महानगर स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त गाडी ती विभागीय प्रमुखले सात वर्ष पहिले नै महानगरबाट लिएका थिए ।

‘बायो ग्यास प्लान्ट सञ्चालनमा छैन । तर, गाडी विभागीय प्रमुखले आफ्नो घरायसी प्रयोजनमा लगाएको भन्ने गोप्य उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा गाडी महानगरले तानेको हो,’ स्रोतले भने, ‘गाडीका चाबी उनकी श्रीमतीसँग फेला परेको छ । गाडीमा घरायसी प्रयोजनका खाद्य सामग्री पनि फेला परेको छ । गाडी कार्यालयमा ल्याएर राखेका छौँ । आवश्यक छानबिनको तयारी हुँदै छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा