Lite Nepal

बुधबार, आषाढ १२, २०८१

सिरहा – सिरहा जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

हिजो राती १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको फौजले बरामद गरेको हो ।

बरामद मदिरामा विभिन्न ब्राण्डको ह्विस्की र बियरसहित साना ठूला गरी १ हजार ४२ वटा बोतल र सोफी ब्राण्डको ६० कार्टुन रहेको छ ।

मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समुह र सशस्त्र प्रहरी बीच खोसाखोस हुँदा करिब १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ ।

बरामद मदिरा तथा साइकल आवश्यक कारवाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं