Lite Nepal

सोमबार, आषाढ १७, २०८१

काठमाडौं– नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्टार्टअपप र लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।

विभाग प्रमुख कांग्रेस केन्द्रीय सदस्य सीता थपलिया (उर्मिला)को नेतृत्वमा मन्त्रालय पुगेको विभाग सदस्यहरुसहितको टोलीले मन्त्री दामोदर भण्डारीलाई मागपत्र बुझाएको हो ।

स्टार्टअप र लघु, घरेलु तथा साना उद्योगहरूसँग जोडिएका क्षमता, अवसर र चुनौतीलाई ध्यानमा राखी विद्यमान नीति र व्यवस्थाको वस्तुपरक विश्लेषण गरी विभागले मन्त्रीको ध्यानकर्षण गराएको छ ।

राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८० ले पनि नवीन एवम् सिर्जनशील सोचु लाई स्टार्टअपको विशेषता मानेको छ, तर नवीनताको मापदण्ड भने स्पष्ट गरेको छैन । नवीनताको मापदण्ड स्पष्ट गरी स्टार्टअप नीति र सम्बन्धित कार्यविधि परिमार्जन गर्न विभागले माग गरेको छ ।

विभागले सरकारको आगामी दिनमा सहुलियत कर्जा वितरणको प्रक्रियालाई पारदर्शी बनाउन वितरित कर्जा र त्यसको प्रगति विवरण सोही वेबसाइटमा नियमित अद्यावधिक गराउन ध्यानाकर्षण गराएको छ ।

सो वेबसाइटको दायरा बढाई स्टार्टअप सम्बन्धी सम्पूर्ण जानकारी र प्रक्रियालाई वेबसाइटमा समावेश गर्न विभागले माग गरेको छ । आफुहरुले राखेको मागमा मन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको विभागका सदस्य खगेन्द्र आचार्यले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा