Lite Nepal

बिहिबार, आषाढ २०, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने अडान लिएका छन् ।

बुधबार साँझ नेकपा एमालेका ८ मन्त्रीको राजीनामासँगै समर्थन फिर्ता भएपछि अल्पमतमा परिसकेका उनले संसद् फेस गर्ने अडान लिएका हुन् ।

राजीनामा पत्र बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूसँगको छलफलमा उनले ३० दिनसम्म सरकारमै रहने अडान लिएका हुन् ।
बिहीबार बिहान राजीनामा पत्र बोकेर पुगेका रास्वपाका मन्त्रीहरूसँग दाहालले डेढ घण्टा लामो संवाद गरेका थिए ।

एमाले सोमबार सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका दाहालले कांग्रेसलेसमेत दबाब दिँदा पनि सत्ता छाड्न नमानेका हुन् ।

एमाले र कांग्रेस दुवै दलले सोमबार नयाँ समीकरणका लागि सहमति गरिसकेको अवस्थामा प्रचण्डले सजिलै सत्ता नछाड्ने संकेत गरेका हुन् ।

सरकार अल्पमतमा परेको तथा संसद्बाट विश्वासको मत पनि नमिल्ने निष्कर्षसहित रास्वापाका मन्त्रीहरूले राजीनामा दिन बालुवाटार छिरेका थिए ।

राजीनामा दिन पुगेका उनीहरूलाई प्रधानमन्त्रीले अहिले सरकारबाट नबाहिरिन सुझाएका छन् । दाहालले संसद् फेस गर्ने तयारीमा रहेको बताउँदै साथ दिन पनि अपील गरेका छन् ।

प्रचण्डले यसो भनेपछि रास्वपाका सबै मन्त्री राजीनामा पत्र गोजीमै बोकेर बालुवाटारबाट बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं