Lite Nepal

सोमबार, आषाढ २४, २०८१

काठमाडौं– पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खाँदाको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम छ । यो मौसममा कतिपय मानिस तातो–तातो मकै खान मन रुचाउँछन् । यो मौसममा पोलेको मकै खाँदा धेरै फाइदा पाउन सकिन्छ । अहिले गाउँबाट केही सामान मगाउँदा पोलेको मकै पनि पठाइदिनुस् है भनेको पनि सुनिन्छ ।

वास्तवमै पोलेको मकै खाँदा यसले स्वादमा धेरै प्रकारको फाइदा हुन्छ । मकै पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्दछ । यस बाहेक पोलेको मकै खानुको के छ त फाइदा ?

– पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो ।
– यसमा पाइने पर्याप्त मात्राको एन्टिअक्सिडेन्टले बढ्दो उमेरको लक्षणलाई रोक्छ ।
– पोलेको मकैमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरसँग लड्न मद्दत गर्छ ।
– पोलेको मकैले बच्चाहरूको शारीरिक र मानसिक विकासमा फाइदाजनक मानिन्छ ।
– यसमा कोलेस्ट्रोलको मात्रा नगण्य हुन्छ, त्यसैले पोलेको मकै खाँदा मुटु स्वस्थ रहन्छ ।
– मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्दा रुघाखोकीमा फाइदा हुन्छ ।
– साथै यसले खोकी लागेको पनि निको हुन्छ ।
– मकै खाइसकेपछि त्यसको खोया भाँचेर सुँघ्दा रुघाखोकी पनि निको हुन्छ ।
– पोलेको मकै खाँदा दाँत बलियो हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं