Lite Nepal

शुक्रबार, आषाढ २८, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए ।

आफूहरुले गर्ने संविधान संशोधन ०७२ को संविधानको अग्रगमनका लागि हुने भन्दै उनले भने, ‘यसमा प्रचण्डको सहयोग चाहन्छौं, सहभागिता चाहन्छौं ।’ त्यही आशयका साथ आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीले स्वर्ग गए पनि सँगै जाने, नर्क गएपनि सँगै जाने भनेको एमाले सचिव भट्टराईको दाबी छ । ‘नर्क जाँदैजाँदैनौं, स्वर्ग जाँदा पनि सँगै लैजान्छौं’ उनले भने, ‘यति कुरा ढुक्क हुनुहोला । तपाईंलाई छुट्न दिँदैनौं ।’

उनले अगाडि भने, ‘छुटेर पनि अन्त जाने ठाउँ छैन, ख्याल गर्नुहोला ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं