Lite Nepal

मंगलबार, भाद्र ०४, २०८१

काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार रहेका ट्रम्पले न्युज एजेन्सी रोयटर्ससँगको कुराकानीमा मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताएका हुन् ।

के मस्कलाई सल्लाहकार अथवा क्याविनेटमा स्थान दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्– ‘अवश्य पनि दिन्छु ।’

ट्रम्पले मस्कलाई अत्यन्तै बुद्धिमान व्यक्तिको संज्ञा दिँदै उनले चाहे सल्लाहकार अथवा मन्त्री पद दिन सकिने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

टेस्ला र स्पेस एक्सका मालिक मस्कले हालै सामाजिक सञ्जाल एक्स (ट्विटर) मा ट्रम्पको अन्तरवार्ता लिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं