Lite Nepal

मंगलबार, बैशाख ०२, २०८२

काठमाडौं । ताप्लेजुङमा रहेको पर्यटकीय क्षेत्र आलाङचुङगोला र यसै स्थानमा रहेको दिकी छ्योलिङ गुम्बाको महŒव समेट्दै तयार पारिएको गीत सार्वजनिक भएको छ ।

टंक भट्टराईको शब्द, दिपक शर्माको संगीत, निरोज लामा, बेनिशा पौडेल र वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘ओलाङचुङगोला’ बोलको गीतमा पेम्बा ओङ्दी शेर्पा र मारियम सिवालाई फिचरिङ गरिएको छ ।

ओलाङचुङगोलामा पर्यटकलाई गरिने सत्कार र सम्मानका साथै यहाँ रहेको करिब ५०० वर्ष पुरानो दिकी छ्योलिङ गुम्बाको महत्व र यहाँ लाग्ने पर्वलाई मुख्य रूपमा देखाइएको उक्त गीतमा याङ्मा क्षेत्र, यस क्षेत्रका ताल र पोखरीका साथै तमोर नदी, चोरी र सीमा क्षेत्रलाई पनि समेटिएको छ ।

भूपेन्द्र गुरुङले करियोग्राफी गरेको उक्त गीतमा घुम्न गएकी एक पर्यटक यहाँका एक युवकसँग मायामा परेको कथा देखाइन्छ । भेटिँदाको खुसी र छुट्दाको पीडालाई गीतको भिडियोमा उतारिरहँदा यहाँको आकर्षक पर्यटकीय स्थानलाई पनि सँगै फिचरिङ गरिएको छ ।

हर्कराज गुरुङद्धारा निर्देशित उक्त गीतको छायांकन भूपेन्द्र योङहाङ, फुङसो जवेगु र सोवित गुरुङले गरेका हुन् । उक्त गीत सोमबार भवसागर इन्टरटेग्मेन्ट युट्युब मार्फत् सार्वजनिक गरिएको हो । पर्यटन प्रवद्र्धनका लागि तयार पारिएको उक्त गीत ओलाङचुङगोला क्षेत्र पर्ने फक्ताङलुङ गाउँपालिका वडा नंबर ७ ले निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं