Lite Nepal

सोमबार, आषाढ ०२, २०८२

काठमाडौं । मोरङ र जाजरकोट भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङ, रंगेली नगरपालिका-७ संसारीमाईस्थित सडकमा विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को.२ च १३०० नम्बरको पिकअप आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पिकअप चालक विराटनगर महानगरपालिका-८ बस्ने ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएका हुन् । यस्तै, जाजरकोट, नलगाड नगरपालिका-७ चामाखेतस्थित सडकमा कालीमाटीबाट रुकुम पश्‍चिम आठबिसकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ प ६५५६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पश्‍चिम आठबिसकोट नगरपालिका-११ गत्ता सैना बस्ने ६५ वर्षीय कैलो कामी रहेका छन् । गए राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरहजारी रुकुम पश्‍चिममा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं