Lite Nepal

बिहिबार, बैशाख १७, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आइपुगेका छन् ।

दक्षिण तथा मध्यएसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । उनी तीन दिन नेपालमा बस्नेछन् ।

उनले परराष्ट्रमन्त्री शिशिर खनाल,अर्थमन्त्री डा।स्वर्णिम वाग्ले, प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटघाट गर्ने तय भएको छ ।

गोरले प्रधानमन्त्री बालेन्द्र साहलाई पनि भेट्न खोजेकामा बालेनले भने भेट्न इन्कार गरेका बताइएको छ । यसअघि अप्रिल २० मा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरको टोलीलाई पनि प्रधानमन्त्री साहले भेट्न इन्कार गरेका थिए ।

बालेनको नेतृत्वमा सरकार बनेपछि नेपाल आएका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कुटनीतिज्ञ हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं