Lite Nepal

शुक्रबार, बैशाख १८, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म जयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।

२५७०औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको बताएका हुन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो । जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ।’

उनी थप लेख्छन्– ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्म जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ। ‘

अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै प्रधानमन्त्री शाहले उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वतः बिलाएर जाने भन्दै ज्ञानको महत्त्वमा जोड दिएका छन्।

‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो’ शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । बुद्धको प्रसिद्ध उपदेश ‘अप्प दीपो भवः’ (आफ्नो बत्ती आफैँ बन अर्थात् आफ्नो बाटो आफैँ तय गर) उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं