Lite Nepal

आइतबार, बैशाख २७, २०८३

काठमाडौं । ‘तिनजुरे मिल्के, जलजले क्षेत्रको विकासमा सरोकारवालाहरूको हात, पर्या–पर्यटन विकास र समृद्धिमा सबैको साथ,’ भन्ने नाराका साथ तेह्रथुमको वसन्तपुरमा दुई दिने कार्यक्रम सञ्चालन हुने भएको छ ।

नव–वर्षको शुभकामना आदान–प्रदान तथा प्राकृतिक सम्पदा गुराँस, याक, चौरी र गुफापोखरीको अवलोकन र छलफलसहितका विभिन्न खेलकुद समेटिएका कार्यक्रम सोमबार र मंगलबार दुई दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

जिल्ला समन्वय समिति महासंघ नेपाल कोशी प्रदेश कार्यसमितिको आयोजना, कोशी प्रदेश सरकारको समन्वय तथा जिल्ला समन्वय समिति तेह्रथुमको व्यवस्थापनमा हुने कार्यक्रममा कोशी प्रदेशका जनप्रतिनिधि बीच छलफलका साथै डोरी तानातान प्रतियोगिता समेत राखिएको छ ।

यस्तै जिल्ला समन्वय समितिका सवारी चालकबिच १०० मिटर दौड प्रतियोगिताको साथै गोलाप्रथा मार्फत भाग्यशाली चार जना कर्मचारीलाई पुरस्कारको व्यवस्थापन गर्नुको साथै सहभागी सबैलाई उचित पुरस्कार तथा प्रमाण पत्रको व्यवस्था गरिएको सो स्थानबाट रोमन लिम्बूले जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपको प्रमुख आतिथ्यतामा सुरु हुने कार्यक्रममा महासंघले जिल्लास्थित संघीय र प्रादेशिक सरकारी कार्यालय, स्थानीय तह, गैरसरकारी संस्था तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय र विकास निर्माणका कार्यहरूको अनुगमन गर्ने मुख्य जिम्मेवारीलाई थप वैज्ञानिक बनाउन चाल्नु पर्ने भूमिकाका विषयमा छलफल गर्ने तयारी गरेको छ ।
समितिका कामहरूलाई सुशासन, सामाजिक, आर्थिक, पूर्वाधार र वातावरण गरी पाँचवटा मुख्य सूचकहरूमा वर्गीकरण गरेर छलफल गरिने जिल्ला समन्वय समिति महासंघ कोसी प्रदेशका अध्यक्ष छिरिङ लामाले बताए ।

वसन्तपुरदेखि तिनजुरे, गुफापोखरी हुँदै ताप्लेजुङको दोभान जोड्ने सडक खण्डलाई पर्यटकीय मार्गका रूपमा विकास गर्ने बारेमा समेत तीन जिल्लाका पालिकाका प्रमुख र समन्वय समितिका प्रमुखहरूको बीचमा यहाँ छलफल हुने उनको भनाई छ ।

यो सडकले तेह्रथुम, संखुवासभा र ताप्लेजुङ गरी तीन जिल्लालाई प्रत्यक्ष जोड्ने मात्र नभई पूर्वी पहाडको पर्यटन प्रवद्र्धनमा मेरुदण्डको भूमिका निर्वाह गर्ने भएकोले समन्वय समितिका प्रमुखहरूको बैठकमा यो विषयले प्राथमिकता पाउने छ । यो सडकको ट्र्याक खोलिए पनि अझै स्तरउन्नति र सहज आवतजावत हुन सकेको छैन ।

विशेषगरी लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे–मिल्के–जलजले क्षेत्रलाई समेट्ने भएकाले यस मार्गलाई पर्यटन सडकको रूपमा प्राथमिकतामा संघीय सरकारले नै राख्नुपर्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको दुई दिने कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अध्यक्षहरूसहित महासंघको केन्द्रीय पदाधिकारीहरू सहितको उपस्थिति रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं