Lite Nepal

बुधबार, बैशाख ३०, २०८३

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । यसअघि प्रधानमन्त्री बालेन शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।

प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ । बैठक सुरू भएकाे छैन । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।

त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । हिजोको बैठकमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं