Lite Nepal

बिहिबार, बैशाख ३१, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाफ आज पनि नदिने भएका छन् । संसदको कार्यसूची नै फेरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भनिएको छ । प्रधानमन्त्रीले जवाफ दिने भनिएकोमा त्यसलाई अहिले सच्याइएको हो ।

आज बिहान आएको कार्यसूचीमा प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।

नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री शाह खोजिरहेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नाराबाजी र अवरोध गरेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग आफूले संवाद गर्ने बताएका थिए । तर प्रधानमन्त्री आज पनि संसद आउन तयार भएनन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा वाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं