Lite Nepal

आइतबार, जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लिपुलेक-लिम्पियाधुरा सीमासम्बन्धी विवादमा नेपाल सरकारले विभिन्न देशसँग कूटनीतिक संवाद अघि बढाइरहेको बताएका छन्। यसक्रममा इंग्ल्यान्डसँग पनि विषय उठान गरिएको उनले स्पष्ट पारे।

आइतबार संसदमा एमाले सांसद पद्मा अर्यालले भारत र चीनबीच हालै भएको समझदारीबारे सरकारको धारणा मागेपछि प्रधानमन्त्री शाहले सरकारको आधिकारिक धारणा प्रस्तुत गरेका हुन्।

उनका अनुसार लिपुलेक-लिम्पियाधुरा क्षेत्रसम्बन्धी विषय ऐतिहासिक रूपमा ब्रिटिस भारतको समयदेखि जोडिएको भएकाले यसमा इंग्ल्यान्ड सरकारको पनि सरोकार रहने दृष्टिकोण नेपालले राखेको छ। सोही आधारमा कूटनीतिक संवाद अघि बढाइएको उनले बताए।

प्रधानमन्त्री शाहले भारत र चीन दुवै पक्षलाई यस विषयमा कूटनीतिक नोट पठाइसकिएको जानकारी दिँदै भारतबाट जवाफसमेत प्राप्त भइसकेको उल्लेख गरे।

उनका अनुसार भारतले उक्त विवाद समाधानका लागि दुवै देशका विज्ञहरूको सहभागितामा छलफलमार्फत समाधान खोज्ने प्रस्ताव गरेको छ। नेपालले पनि सो प्रस्तावलाई कूटनीतिक प्रक्रियामार्फत अघि बढाइरहेको उनले बताए।

प्रधानमन्त्री शाहले विवादित सीमा विषयलाई वार्ता र बहुपक्षीय संवादका माध्यमबाट समाधान गर्ने सरकारको नीति रहेको दोहोर्‍याउँदै थप कूटनीतिक छलफल निरन्तर रहने जानकारी दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं