Lite Nepal

आइतबार, जेठ १७, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले काठमाडौँ उपत्यकामा रहेका सुकुम्वासीको दीर्घकालीन व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै समस्या समाधान चरणबद्ध रूपमा अघि बढाइने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले तत्कालै सबै समस्या समाधान हुने अपेक्षा यथार्थपरक नहुने भन्दै दीर्घ समयदेखि जटिल बनेको विषयलाई योजनाबद्ध रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे।

प्रधानमन्त्री शाहले आफ्नो स्थानीय सरकारको अनुभव उल्लेख गर्दै वास्तविक सुकुम्वासी पहिचान गरी उनीहरूको व्यवस्थापनका लागि अस्थायी रूपमा होल्डिङ सेन्टरमा राख्ने र त्यसपछि दीर्घकालीन बसोबासका लागि राज्यले उचित व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार संघीय सरकार, स्थानीय तह र सम्बन्धित राजनीतिक दलहरूको समन्वयमा वास्तविक भूमिहीन नागरिकलाई लक्षित गरेर कार्यक्रम अघि बढाइनेछ। उनले सुकुम्वासी व्यवस्थापनलाई राजनीतिक प्रतिबद्धताको विषय मात्र नभई कार्यान्वयनयोग्य योजनासँग जोड्नुपर्ने बताए।

प्रधानमन्त्री शाहले लामो समयदेखि समाधान नभएको समस्या एकै पटक समाधान हुने अपेक्षा गर्नु व्यवहारिक नहुने उल्लेख गर्दै ३५ वर्षमा नसुल्झिएको विषयलाई केही मिनेट वा छोटो समयमा समाधान हुने गरी नहेर्न आग्रह गरे।

त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि चालु आर्थिक वर्षभित्रै सुकुम्वासी व्यवस्थापनसम्बन्धी काम अघि बढाइने जानकारी दिएको उनले स्मरण गराए।

प्रधानमन्त्री शाहका अनुसार विगतमा उपत्यकाका सुकुम्वासी बस्तीमा डुबान, स्वास्थ्य समस्या लगायतका चुनौती देखिएकाले तत्कालीन समाधानसँगै दीर्घकालीन पुनर्स्थापनामा सरकार केन्द्रित हुने नीति लिइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं