Lite Nepal

आइतबार, जेठ १७, २०८३

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बाहिरिएपछि सदनमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ।

बैठकमा उनले विभिन्न दलका प्रतिनिधिमध्ये प्रत्येक दलबाट एक-एक जना सांसदका जिज्ञासाको जवाफ दिएका थिए। त्यसपछि प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिए लगत्तै सांसदहरूबीच पुनः वादविवाद सुरु भएको हो।

प्रधानमन्त्री बाहिरिएपछि ऐन महर लगायत केही सांसदहरूले बोल्ने समय माग गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। सोही क्रममा स्थिति केही असहज बनेपछि सभामुखले हस्तक्षेप गरेका थिए।

सभामुखले विशेष गरी ध्रुव राई र अन्य केही सांसदको व्यवहारप्रति संसदीय मर्यादा विपरीत गतिविधि भएको टिप्पणी गर्दै ध्यानाकर्षण गराएका छन्।

त्यसैगरी उनले आरेन राईलाई सदनमा प्रयोग गरिएको भाषा र अभिव्यक्ति संयमित तथा मर्यादित बनाउन आवश्यक रहेको भन्दै सचेत गराएका छन्।

बैठकमा उत्पन्न असहज परिस्थितिपछि केही समय सदनको वातावरण तातिएको भए पनि संसदीय कार्यसूची सामान्यतर्फ फर्काउने प्रयास गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं