Lite Nepal

आइतबार, जेठ १७, २०८३

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा बैठक सञ्चालनका क्रममा सभामुखले प्रयोग गरेको भनिएको अभिव्यक्तिलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको छ।

प्रतिनिधि सभा नियमावलीको नियम ५६ सम्बन्धी व्यवस्था गलत रूपमा व्याख्या गरिएको भन्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले उक्त माग अघि सारेका हुन्।

उनका अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि प्रश्न तीन दिनअघि नै बुझाउनुपर्ने प्रावधान छैन भन्ने सभामुखको व्याख्या नियमावली विपरीत भएको दाबी गरिएको छ। सोही कारण उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाइनुपर्ने माग गरिएको उनले बताए।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आकस्मिक रूपमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। सोही बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रश्न तीन दिनअघि नै सभामुखलाई उपलब्ध गराउनुपर्ने संसदीय अभ्यास रहेको स्मरण गराएका थिए।

तर सभामुख डोलप्रसाद अर्यालले भने त्यस्तो पूर्वशर्त अनिवार्य नभएको टिप्पणी गरेपछि विषयमा असहमति देखिएको थियो। सभामुखको सो व्याख्यालाई लिएर एमालेले नियमापत्ति गर्दै औपचारिक रूपमा अभिलेख सच्याउन माग गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं