काठमाडौं । नयाँ दिल्लीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
भारत भ्रमणको क्रममा दिल्ली रहेका लामिछानेले आज मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्ताको समय भने खुलाइएको छैन ।
सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा अध्यक्ष नितिन नवीनसहित शीर्ष नेताहरूसँग वार्ता गरेका थिए । हिजो मंगलबार नै लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
लामिछाने २२ गते नेपाल फर्किने कार्यतालिका रहेको छ ।