रासस

बुधबार, जेठ २०, २०८३

झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् ।

हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् ।

बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता भएको छ ।

उनले सबैभन्दा बढी मोरङमा २४ सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एउटा सूचना दर्ता भएको जानकारी दिए । हेल्पलाइन (१०९८) वा प्रहरी हेल्पलाइन (१०४) मा बालविवाह, हिंसा वा शोषणसम्बन्धी सूचना दर्ता भएपछि बालबालिकालाई संरक्षण, उद्धार र पुनःस्थापना गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर सेवा दिने गरिएको छ ।

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशमा नौ हजार ७१३, बालविवाहका घटना भएको तथ्याङ्क छ । पछिल्लो समय टोलटोलमा गठन भएका बाल सञ्जाल र विद्यालयमा सञ्चालित बालक्लबका कारण बालविवाह न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भइरहेको संरक्षणकर्मी अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं