Lite Nepal

बिहिबार, जेठ २१, २०८३

काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार झापाको दमक नगरपालिका-८ निवासी २८ वर्षीय दिप्सन चौधरी, जो ‘दिवस’ नामले समेत परिचित छन्, इलाका प्रहरी कार्यालय दमकको टोलीबाट नियन्त्रणमा लिइएका हुन्।

जिल्ला अदालत झापाले २०७९ चैत १९ गते उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा उनी फरार रहेको प्रहरीले जनाएको छ।

फैसलाअनुसार भुक्तान गर्न बाँकी रहेको १० वर्ष कैद सजाय कार्यान्वयनका लागि पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं