Lite Nepal

मंगलबार, जेठ २६, २०८३

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठनदेखि जलविद्युत् आयोजना, निजामती प्रशासन र अध्ययन प्रतिवेदनसँग सम्बन्धित चार महत्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, तल्लो अरुण, लोवर न्यादी खोला, घुन्सा खोला तथा तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८१ लाई पनि स्वीकृति दिएको छ।

बैठकले पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुदन गुरुङसँग सम्बन्धित अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णयसमेत गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं