Lite Nepal

मंगलबार, जेठ २६, २०८३

काठमाडौं । मन्त्रिपरिषद् विस्तार भएको छ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका छन् ।

यसअघि विवादास्पद व्यापारी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको पाइएपछि गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिनु परेको थियो ।

उनीमाथि छानबिनका लागि समिति समेत बनाइएको थियो । तर समितिले गुरूङलाई क्लिन चिट दिएपछि पुनः गृहमन्त्रीमा फर्किन लागेका हुन् ।

महावीर पुन यसअघि पनि मन्त्री भइसकेका व्यक्ति हुन् । उनी शुसीला कार्की नेतृत्वको चुनावी सरकारको शिक्षामन्त्री थिए । पछि राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बन्दै सांसद भएका उनलाई प्रधानमन्त्री बालेन शाहले उनकै क्षेत्रको मन्त्रालय सुम्पेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं