Lite Nepal

बुधबार, जेठ २७, २०८३

नेपालगन्ज । गर्मी अत्यधिक बढेपछि बाँकेका दुई स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका र खजुरा गाउँपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा गर्मी बिदा दिएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा यही जेठ २६ देखि २९ गतेसम्म विद्यालय बन्द गरेको शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाले जानकारी दिए । उनका अनुसार नेपालगन्जका ४२ सामुदायिक, संस्थागत ८२ र धार्मिक ३९ विद्यालयमा गर्मी बिदा दिने निर्णय गरिएको हो ।

खजुरा गाउँपालिकामा पनि यही जेठ २७ देखि ३१ गतेसम्म गर्मी बिदा दिइएको खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।

केही दिनयता बाँकेसहित तराईका जिल्लामा उच्च तापक्रम र तातो हावाले जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार आजको अधिकतम तापक्रम नेपालगन्जमा ४१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले खजुरामा ४० दशमलव सात र कोहलपुरमा ४१ दशमलव दुई अधिकतम तापक्रम ‘रेकर्ड’ भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं