Lite Nepal

बिहिबार, जेठ २८, २०८३

काठमाडौं । विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा ​​आजदेखि आयोजना हुन लागेको हो । विश्वकप आजमा मेक्सिको सिटीमा उद्घाटन हुनेछ । प्रतियोगिताको पहिलो खेल आज राति सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ ।

उद्घाटन खेल अघि संगीत र मनोरञ्जन जगतका धेरै प्रमुख व्यक्तित्वहरूको सहभागितामा एक भव्य समारोह हुनेछ । शकिरा उद्घाटन कार्यक्रमको मुख्य आकर्षण हुने बताइएको छ । उनले बर्ना ब्वाय, जे बाल्विन, ड्यानी ओशन, बेलिन्डा, लिला डाउन्स, लस एन्जलस एजुल्स र मानासँगै प्रस्तुति दिनेछिन् । सबै कलाकारहरूले फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमबाट प्रत्यक्ष गीतहरू प्रस्तुत गर्नेछन् ।

यसपटक पहिलोपटक विश्वकपमा ४८ टोलीले भाग लिनेछन् । १०४ खेल खेलाइनेछ र १६ शहरहरूले यो विश्वव्यापी फुटबल महोत्सव आयोजना गर्नेछ । अघिल्ला संस्करणहरूमा ६४ खेल खेलिएको थियो । यसपटक फुटबलप्रेमीहरूले पहिलेभन्दा धेरै खेल देख्न पाउनेछन् ।

सन् १९३० मा सुरु भएको विश्वकपको इतिहासमा पहिलोपटक टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएको छ । यसले धेरै देशहरूलाई विश्व मञ्चमा आफूलाई प्रमाणित गर्ने मौका दिनेछ ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिनेछ । अर्जेन्टिनासहित ब्राजिल, जर्मनी, स्पेनजस्ता राष्ट्रहरूको विश्वकपमा दबदबा छ ।

२०२६ को विश्वकप उपाधि नयाँ राष्ट्रले जितेर इतिहास रच्छ कि फेरि पहिले जित्दै आएका राष्ट्रले जित्छ खेल हेर्न रोचक हुनेछ ।

समूह चरणको खेल पूरा भएपछि राउन्ड अफ ३२ खेलहरू जुन २९ मा सुरु हुनेछन् । यसपछि जुलाई ४ मा प्रि–क्वार्टरफाइनल, जुलाई ९ मा क्वार्टरफाइनल र जुलाई १४ र १५ मा सेमिफाइनल खेलहरू हुनेछ ।

प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा हुनेछ । विश्वकपले नयाँ विश्व च्याम्पियन टोली पाउनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं