Lite Nepal

बिहिबार, जेठ २८, २०८३

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयको काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक संरचना निर्माणको प्रक्रिया अघि बढाइएको बताएका हुन्।

“विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ। यो मन्त्रालय चलाउन अरू मन्त्रालयजस्तो सबै कुरा तयारी अवस्थाका छैनन्,” मन्त्री पुनले लेखेका छन्।

उनका अनुसार पहिलो दिन नै विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन आवश्यक विधेयक तयार गर्ने निर्णय गरिएको छ। साथै मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी, दरबन्दी तथा कार्य प्रणाली निर्धारण गर्न संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने निर्णय पनि भएको छ।

त्यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय गरिएको उनले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं