Lite Nepal

शुक्रबार, जेठ २९, २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै पहिलो जित हात पारेको छ ।

मेक्सिकोका लागि खेलको ९ औं मिनेटमा जुलियन क्विनोन्सले गोल गरे । त्यसपछि ६७ औं मिनेटमा स्ट्राइकर राउल जिमेनेजले उत्कृष्ट हेडर गोल गर्दै अग्रता दोब्बर बनाए ।

मेक्सिको सिटी रंगशालामा भएको उद्घाटन खेलमा तीन जना खेलाडीले रातो कार्ड पाएका थिए ।

दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाए भने मेक्सिकोका सेसर मोन्टेसले अतिरिक्त समयमा रातो कार्ड पाएका थिए ।

दोस्रो हाफको सुरुमै दक्षिण अफ्रिकी मिडफिल्डर सिथोलेले रातो कार्ड पाए । ४९ औं मिनेटमा सिथोलेले ब्रायन गुटिएरेज गोलतर्फ अगाडि बढ्दै गर्दा पछाडिबाट फाउल गरे । रेफ्रीले रातो कार्ड देखाइदिए ।

त्यसपछि ८४ औं मिनेटमा थेम्बा ज्वानेलाई हिंसात्मक आचरणको लागि रातो कार्ड देखाइयो । जसकारण दक्षिण अफ्रिकाले नौ खेलाडीसँग खेल खेल्नुपर्‍यो ।

मेक्सिकोका सेसर मोन्टेसले पनि इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

जारी विश्वकपको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । खेल मेक्सिकोको ग्वाडालाजारामा बिहान ७ः३० बजे सुरु हुनेछ ।

यी दुई देशबीच अहिलेसम्म चार अन्तर्राष्ट्रिय खेल भएको छ । दुवै टोलीले एक जित र दुई बराबरीसहित एकअर्कासँग बराबरी खेलेको छ ।

फिफा विश्वकपको इतिहासमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेको हो ।

विश्व फुटबल वरियतामा दक्षिण कोरिया २५ औं स्थानमा छ भने चेक गणतन्त्र ४१ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं