काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।
बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २:१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।